परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

पत्रकार एमडी कुलुङ रहनुभएन

काठमाडौँ, पुस २२ ।

पत्रकार  मकरध्वज (एमडी) कुलुङको आइतबार बिहान काठमाडौँमा निधन भएको छ। उहाँ ४८ वर्षका हुनुहुन्थ्यो । चाबहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको खबर छ।

राजधानी  दैनिकमा वरिष्ठ उपसम्पादकका रूपमा कार्यरत कुलुङको जन्म संखुवासभाको मकालु गाउँपालिकामा भएको थियो । केही दिनदेखि  अस्वस्थ उहाँलाई शनिबार साँझ अस्पतालमा भर्ना गरिएको थियो। पत्रकारिता क्षेत्रमा दुई दशकदेखि सक्रिय कुलुङ मिलनसार र मृदुभाषी हुनुहुन्थ्यो ।

कुलुङले यस परिसंवाद् डटकमलाई समेत बेलाबेलामा सहयोग गर्दै आउनुभएको थियो । कुलुङका श्रीमती र एक छोरा छन्। हामी उहाँको आत्माको चीर शान्तिको कामना गर्दछौँ ।

 

 

 

Facebook Comments