परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी-पुस २२

पुस २२ गते, आइतबार ।

 

संसद्मा सार्वजनिक वक्तव्य दिनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्न नपाएपछि नेपाली कांग्रेसका नाराबाजी गरेका समाचार अनलाइनखबर समाचार पोर्टलमा प्रकाशित छ ।

पत्रकार  मकरध्वज (एमडी) कुलुङको आइतबार बिहान काठमाडोँमा निधन भएको खबर छ। उहाँ ४८ वर्षका हुनुहुन्थ्यो ।

नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारलाई दुर्व्यवहार गरेको अभियोगमा नेकपा माओवादी मोहन (वैद्य समूह) का भ्रातृ संगठन क्रान्तिकारी युग लिगका सचिवालय सदस्य सुरेश तामाङ पक्राउ परेको समाचार पनि अनलाइन खबर समाचार पोर्टलमा नै प्रकाशित छ ।

कर्मचारी समायोजन अध्यादेश तत्काल सच्याउन  दबाब दिँदै सरकारी चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेको समाचार थाहाखबर समाचार पोर्टलमा प्रकाशित छ ।

सरकारले जलविद्युत आयोजनाबाट प्रभावित स्थानीय तहलाई मात्र विद्युतको राजस्व दिने प्रस्ताव गरेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

हुण्डी कारोबारमा प्रयोग भएको ठूलो परिमाणको रकम सहित धनुषामा चार जना पक्राउ परेको समाचार नेपालखबर समाचार पोर्टलमा नै प्रकाशित छ ।

कामको खोजीमा युवाहरू भारततिर लागेपछि डोटीका कतिपय गाउँ युवाविहीन भएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

फिलिपिन्समा आँधी र पहिरोमा परी एक २६ जनाको मृत्यु भएको खबर पनि गोरखापत्र दैनिकमा नै प्रकाशित छ ।

अमेरिकी सुरक्षा विभागका प्रमुख (चिफ अफ स्टाफ) केभिन स्विनीले पदबाट राजीनामा दिनुभएको बीबीसीले जनाएको छ ।

Facebook Comments