दैनिकी-पुस २० र २१
प्रदेश र स्थानीय तहले जथाभावी कर उठाउने कार्यलाई निरुत्साहित गर्न अर्थ मन्त्रालयले कार्ययोजना तयार पारेको समाचार नेपालखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।
हाल २२ प्रतिशत निर्माणकार्य सम्पन्न भएको पोखरा विमान स्थलको निर्माण निर्धारित समयभन्दा छ महिना अघि नै सकिने समाचार नेपालखबर अनलाइन समाचार पोर्टलमा नै प्रकाशित छ ।
कृषि उद्यम गर्न ३.३ प्रतिशत ब्याजदरमै ऋण पाइने समाचार सेतोपाटी अनलाइन समाचार पोर्टलमा नै प्रकाशित छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन महिनाको अवधिमा ५४ वटा व्यवसायिक फर्मलाई कारबाही गरेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।
सशर्त अनुदानका ११ हजार आयोजना अलपत्र भएको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।
हाल थुनामा रहेका टीकापुर हत्याकाण्डमा जिम्मेवार ठहरिएका सांसद रेशम चौधरीलाई सांसदको सपथ खुवाइएकोमा प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको विरोध भएको सञ्चार माध्यमहरूले जनाएका छन् .
विवादास्पद तपस्पी भनी चित्रण गरिएका रामबहादुर बमजनको काभ्रेस्थित आश्रममा प्रहरीले छापा मारेको माध्यमहरूले जनाएका छन् ।
कोशी नदीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको समाचार अनलाइनखबर समाचार पोर्टलमा प्रकाशित छ ।