परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

पुस १३ गते, शुक्रबार ।

भूकम्पले क्षति भएका दुई सय ४८ सरकारी भवन पुनःनिर्माण गरिएको समाचार समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

सरकारले स्वदेशी निर्यातयोग्य उद्योगलाई प्रोत्साहन पुग्ने गरी निर्यातमा पाँच प्रतिशत अनुदानको व्यवस्था गरेको छ ।

पोखरामा हालसालै आयोजित साहित्य महोत्सवमा फेवा किनारका रुख छाँटिएको भन्दै महानगरपालिकाले आयोजक र सम्बन्धित रेष्टुराहरूलाई जरिवाना तिराएको समाचार अनलाइनखबर पोर्टलमा प्रकाशित छ ।

गुरुङ समुदायको उत्पत्तिथलो मानिएको गण्डकी प्रदेशमा ल्होसारको अवसरमा पुस १५ गते सार्वजनिक बिदा दिइने भएको समाचार अनलाइनखबर पोर्टलमा प्रकाशित छ ।

बिजुलीको तार हटाइदिने बहानामा १५ हजार रूपैयाँ घुस लिँदै गरेको अवस्थामा नेपाल विद्युत प्राधिकरणका तीनजना कर्मचारी पक्राउ परेको समाचार नेपालखबर समाचार पोर्टलमा प्रकाशित छ ।

उखुको समर्थन मूल्य नतोकिँदा ५० हजार किसान प्रभावित भएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Facebook Comments