परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

पुस ९ गते, सोमबार ।
नेपालसँग एक सय १५ बिजुली खरिद गर्ने प्रस्ताव राखेको समाचार अनलाइनखबर समाचार पोर्टलमा प्रकाशित छ ।

नक्कली जग्गाधनीको नामबाट जग्गा बिक्री गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबाहिलका १३ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको समाचार पनि अनलाइनखबर समाचार पोर्टलमा नै प्रकाशित छ ।

आर्थिक वर्ष २०७५÷०७६ को प्रथम चार महिनामा कुल वस्तु व्यापार घाटा ३७.८ प्रतिशतले बढेको समाचारमा नेपालखबर समाचार पोर्टलमा प्रकाशित छ ।

निर्मला पन्त हत्या प्रकरणमा आफ्ना छोरा विशाल चौधरीलाई यातना दिएको भन्दै पिता वीरबहादुर चौधरीले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिनुभएको समाचार पनि पालखबर समाचार पोर्टलमा नै प्रकाशित छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष २०७४÷०७५ प्रतिवेदन पेश गरेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

कालीकोटको पताला गाउँपालिका–१ खाडा गाउँमा पुस ८ गते राति आगलागी हुँदा ३० घर जलेको समाचार पनि गोरखापत्र दैनिकमा नै प्रकाशित छ ।

एकीकृत सम्पत्ति बीमामा ६५ प्रतिशत शुल्क घट्ने समाचार कारबार दैनिकमा प्रकाशित छ ।

Facebook Comments