परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

  • पुस १० गते, मंगलबार ।
    कर्मचारी समायोजन अध्यादेश–२०७५ को विरोध गर्दै स्थानीय तहका कर्मचारीहरूले राजधानीमा विरोध प्रदर्शन गरेको समाचार उज्यालो अनलाइनमा प्रकाशित छ ।

प्रधानमन्त्री केपी शर्मा ओली संविधान तत्काल संशोधन गर्नुपर्नेलगायतका विषयमा राष्ट्रिय जनता पार्टीले राखेको माग पूरा गर्न सहमत हुनुभएको समाचार पनि उज्यालो अनलाइनमा नै प्रकाशित छ ।

रुख काट्ने आदेश नपाउँदा राष्ट्रिय गौरवको कालीगण्डकी आयोजनाको प्रसारण करिडोरको काम प्रभावित भएको समाचार कारबार दैनिकमा प्रकाशित छ ।

प्रदेश नं. ३ को राजधानी तोक्ने कार्यमा ढिलाइ हुँदा जनप्रतिनिधि अन्योलमा परेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

राजधानी शहरको न्यूनतमा तापक्रम २ डिग्री सेल्सियसमा झरेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलका लागि चालू आर्थिक वर्षमा विनियोजित बजेट सकिएको भन्दै थप आठ अर्ब रकम मागेको समाचार सेतोपाटी अनलाइन पोर्टलमा नै प्रकाशित छ । प्रदेशमा पर्यटकको संख्या बढाउने अभिप्रायले गण्डकी प्रदेशले सिमरा–मनाङ सीधा उडानको व्यवस्था गर्न लागेको समाचार थाहाखबर अनलाइन पोर्टलमा नै प्रकाशित छ ।

Facebook Comments