परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

पुस ४ गते, बुधबार ।

काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) तयार पार्न चिनियाँ कम्पनीसँग सम्झौता गरेको समाचार अनलाइनखबर समाचार पोर्टलमा प्रकाशित छ ।

नेकपा स्थायी कमिटिको बैठकमा मन्त्रिमण्डल पुनर्गठनको माग उठेको समाचार थाहाखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।

नेपाल नेत्र ज्योति संघ (रुकुम), आँखा उपचार केन्द्र (रुकुम शाखा र र मुसीकोट नगरपालिकाको संयुक्त आयोजनामा चार सय ४३ जनाको आँखा परीक्षण र ४६ जनाको शल्यक्रिया भएको भएको समाचार पनि थाहाखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।

तीनवटा गाउँपालिका रहेको जुम्लाको सिंजा क्षेत्रमा अभैmसम्म पनि टेलिफोन सेवा पुग्ननसक्दा सेवाग्राहीरू मर्कामा परेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको समाचार पनि गोरखापत्र दैनिकमा नै प्रकाशित छ ।

दोलखा र रामेछापको सिमाना भएर बग्ने खिम्ती खोलामा १८ सय मेगावाटको जलाशयुक्त आयोजना बन्ने भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले इन्धनमा भएको चोरीबारे थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको समाचाार कारोबार दैनिकमा नै प्रकाशित छ ।

पुस ३ गते, मंगलबार ।

पूर्वप्रधानमन्त्री तुलसी गिरीको ९३ वर्षको उमेरमा निधन भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

पर्यटकीय गन्तव्यको रूपमा रहेको प्रदेश नं. १ मा पर्ने पशुपतिनगरमा शौचालय, बसपार्कजस्ता आधारभूत संरचनाको अभाव रहेको समाचार गोरखापत्र दैनिकमा नै प्रकाशित छ ।

पुसको ११ गतेदेखि १५ गतेसम्म चितवनको सौराहामा १५ औं चितवन हात्ती महोत्सव हुने भएको समाचार पनि गोरखापत्र दैनिकमा नै प्रकाशित छ ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा २०७३ देखि २०७५ सम्म भएका सेटिङका कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको समाचार नेपालखबर समाचार पोर्टलमा प्रकाशित छ ।

पुस २ गते, सोमबार ।

धादिङका कतिपय चेपाङ बालबालिका भोकभोकै विद्यालय जाने गरेको खबर अनलाइनखबर समाचार पोर्टलमा प्रकाशित छ ।

बाँकेमा हुलाकी राजमार्गअन्तरगतको सडक खण्डमा कालोपत्रे गर्ने काम शुरु भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

वाह्यदेशबाट वस्तु तथा सेवा निर्यात गर्नेमा प्रदेश नं. १ र आयात गर्नेमा प्रदेश नं. २ अगाडि देखिएको समाचार पनि कारोबार दैनिकमा प्रकाशित छ ।

रुकुम पश्चिममा विहेको भोजमा रक्सी खाँदा तीनजनाको मृत्यु भएको समाचार उज्यालो अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।

शेयर लगानीकर्ताहरूका आन्दोलनले शेयर बजार प्रभावित भएको समाचार पनि उज्यालो अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।

प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयले एक विद्यालय एक नर्स कार्यक्रम शुरु गरेको समाचार थाहाखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।

पर्वतको फलेबास नगरपालिकाले प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल डहरेदेउरालीलाई क्षेत्रमा खुला चिडियाखाना बनाउन लागेको समाचार थाहाखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।

 

 

 

 

Facebook Comments