परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

पुस १ गते, आइतबार
सरकारले एक अर्ब ५० करोड खर्चेर राष्ट्रपति विद्या भण्डारीका लागि हेलिकप्टर खरिद गरेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

सरकारले गत साउन १ गतेदेखि अन्त्य गर्ने भनिएको यातायात समितिको म्याद फागुन समान्तसम्मका लागि पुनः थपेको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ३२ हजारभन्दा बढी सामाजिक संस्थालाई आफ्नो मातहतमा ल्याउन लागेको सञ्चार माध्यमहरूले जनाएका छन् ।

सरकारले कर्मचारी समायोजनलगत्तै थोरैमा १४ हजार पदका लागि विज्ञापन निकाल्ने विशेष तयारी गरेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

३३ किलो सुनसहित दुई नेपाली भारतमा पक्राउ परेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

नेकपा नेता वामदेव गौतमले सरकारका कारण नेकपाले आगामी निर्वाचनमा गम्भीर धक्का खाने स्थिति रहेको समाचार नेपालखबर समाचार पोर्टलमा प्रकाशित छ ।

श्रीलंकामा राजनीतिक संकट जारी रहेको बेलामा विवादास्पद किसिमले प्रधानमन्त्री बनेका महिन्द्र राजापक्षाले पदमा राजीनामा दिनुभएको बीबीसीले जनाएको छ ।

Facebook Comments