परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

पुस ५ गते, विहीबार ।

पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वगर्भनर तिलक रावलसहित तीनजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायरको गरेको खबर अनलाइनखबर समाचार पोर्टलमा प्रकाशित छ ।

विभिन्न आठ महिलासहित दुई सय सातजना नेपाली युएईको जेलमा बन्दी अवस्थामा रहेको समाचार पनि अनलाइनखबर समाचार पोर्टलमा नै प्रकाशित छ ।

यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रदेश सरकारले सञ्चालन गर्ने भएको समाचार गोरखापत्रमा प्रकाशित छ ।

कोठामा कोइला बालेर सुत्दा निस्साएिर एकजना बालकको मृत्युभएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

संघीय सरकारका अधिकांश मन्त्रीहरूले इन्धनबापत दोहोरो सुविधा लिएका समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

अब बैंक निक्षेपको ब्याजदर घट्ने भएको समाचार नेपालखबर समाचार पोर्टलमा प्रकाशित छ ।

सन् २०१८ मा ५३ जना पत्रकार मारिएको कमिटि टु प्रोटेक्ट जर्नलिष्टस्ले जनाएको छ ।

Facebook Comments