परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

मंसिर २९ गते, शनिबार ।

मुलुक संघीयतामा गएपछि बजार नियन्त्रण कार्य झन जटिल बन्दै गएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

नेकपाको तल्लो तहको एकताबारे छलफल गर्न स्थायी समितिको बैठक बस्न लागेको समाचार नेपालखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।

नेपाली हवाइयात्रुको बीमा रकम अब एक करोड ८० लाख भएको र ब्यागेज हराए प्रतिकिलो सात लाख पाइने समाचार बाह्रखारी अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।

चक्रपथको कलंकीदेखि महाराजगञ्जसम्मको सडक खण्ड विस्तारका लागि अध्ययन कार्य भइरहेको समाचार उज्यालो समाचार पोर्टलमा प्रकाशित छ ।

नेपाल विद्युत प्राधिकरणको सबै कार्यालयलाई सेवाग्राहीमैत्री बनाउन उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले निर्देशन दिनुभएको समाचार लोकान्तर समाचार पोर्टलमा प्रकाशित छ ।

भारतको कर्नाटक राज्यमा मन्दिर प्रसाद खाँदा ११ जनाको मृत्यु भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

३५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार महाभेला सम्पन्न भएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Facebook Comments