परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ कात्तिक १८ गते, आइतबार ।

लण्डनमा हुने विश्व पर्यटन मेलामा जान ठिक्क पर्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको भ्रमण रद्द भएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ । लापरबाहीका कारण भिसा च्यातिएपछि उहाँको भ्रमण रद्द भएको समाचारमा जनाइएको छ ।

सरकारको कार्यशैलीप्रति असंतुष्टि जनाउँदै नेकपाकै नेताहरूले सरकारको विरोध गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा मा प्रकाशित छ ।

संसदीय समितिको निर्देशनलाई निस्तेज बनाउनका लागि सरकारले एकपछि अर्को गरी समिति बनाउन थालेको समाचार पनि अन्नपूर्ण पोष्ट दैनिकमा नै प्रकाशित छ ।

काठमाडौं उपत्यकामा सवारी साधनको संख्या १० लाख पुगेको र यसबाट ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मेलाम्चीको पानी राजधानीमा वितरण गर्न विच्छ््याइएको पाइप सञ्जालको सुन्दरीजलदेखि चावाहिलसम्म सफल परीक्षण भएको समाचार पनि गोरखापत्र दैनिकमा प्रकाशित छ ।

बझाङ जिल्लाको हिमाली भेगमा पाइने बहुमूल्य जडीबुटी सेतक चिनी अनुमतिबिना नै सङ्कलन र निर्यात भएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

एउटै दल भएर पनि नेकपाका सांसदले फरक फरक लेबी तिर्ने गरेको समाचार पनि कान्तिपुर दैनिकमा नै प्रकाशित छ ।
नै अर्बको दूरसञ्चार परियोजना अलपत्र हुँदा पनि नियामक निकायले कारबाही गर्न नसकेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमध्ये प्रत्येक दिन तीनजनाको मृत्यु हुने गरेको समाचार कारोबार दैनिकमा नै प्रकाशित छ ।

सरकारी निर्णयले ज्येष्ठ नागरिक वितरण कार्य अन्योलमा परेको समाचार छ ।

स्याङ्जाको भीरकोट नगरपालिका स्वरेकमा जारी पहिलो चरणको प्याराग्लाइडिङ विश्वकप प्रतियोगितामा कोरियाले पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल भएको समाचार छ ।

Facebook Comments