परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ कात्तिक १९ गते, सोमबार ।

लोकतन्त्र र मानव अधिकारका क्षेत्रमा चर्चित व्यक्तित्व पद्मरत्न तुलाधरको निधन भएको समाचार राजधानीबाट आज निस्केका सबै अखबारमा प्रकाशित छ ।

धनुषामा एक महिलामाथि बोक्सीको कुटपिट भएको सञ्चार माध्यमहरूले जनाएका छन् । मन्दोतिरियादेवी मण्डल ती महिलालाई आपूm बोक्सी भएको कबुल गर्न लगाई ५० हजार रूपैयाँ जरिवाना तिर्न र ५० हजार रूपैयाँको भोजको व्यवस्था गर्न बाध्य पारिएको समाचारमा जनाइएको छ ।

विगत एक दशकमा वैदेशिक रोजगारीमा गएकामध्ये छ हजारभन्दा बढीले कामका सिलसिलामा मृत्युवरण गरेका, एक हजारभन्दा बढीको अङ्गभङ्ग भएको र चार सय २७ जनाले विभिन्न अभियोगमा जेल सजाय भोगिरहेका समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

सरकारले विगत १७ वर्षदेखि दशैं, तिहार तथा छठमा चिनीमा सहुलियत दिँदै आएकोमा यस वर्षदेखि कटौती गरेको समाचार कारोबार दैनिकमा प्रकाशित छ । सरकारले २०५८ सालदेखि सुपथ पसलमार्पmत चिनीमा राहत दिँदै आएको थियो ।

त्रिभुवन विमान स्थलको ५० वर्ष पुरानो धावनमार्गको कालोपत्रे फेर्न लागेको जिम्मेवारी पनि कारोबार दैनिकमा नै प्रकाशित छ । यससम्बन्धी कार्यको जिम्मेवारी एक चिनियाँ कम्पनीले पाएको समाचारमा जनाइएको छ ।

भारतबाट विराटनगरमा मालवहाक रेल आइपुगेको सञ्चार माध्यमहरूले जनाएका छन् ।

आयुर्वेदका प्रवर्तक धन्वन्तरीको स्मृतिमा आज धन्वन्तरीका दिवस मनाइँदैछ । आयुर्वेद क्षेत्रको पहलमा २०५६ सालदेखि यो दिवस मनाउन थालिएको हो ।

तिहार पर्वको पहिलो दिन आज देशभर काग तिहार मनाइँदैछ । यही सन्दर्भमा राजधानीको रत्नपार्क आजै काग सम्मेलन गरिएको राससले जनाएको छ ।

Facebook Comments