ठूलो भएपछि के गर्छौ बाबु?
चट्याङ-प्रहार
बाबा, म त ठूलो भई देश नयाँ बनाउँछु 
देश विकास गर्छु र सबलाई धनी बनाउँछु 
साथीहरू मिली सप्पै स्कूल बन्द गराउँछु 
मोटे दाइलाई बोलाएर मास्टर पिट्न लगाउँछु
चकलेट बेच्ने अङ्कललाई मोसो दली घुमाउँछु 
खाजा दिने आन्टीको पसल आगो लगाउँछु
नेपाल बन्द गराउँछु र पुलिसलाई बोलाउँछु
ढुङ्गा हानी पुलिस दाइको टाउको पनि फुटाउँछु 
बाबा म त ठूलोे भई देश नयाँ बनाउँछु ।
मलाई पिट्ने मास्टरलाई पहिलो सहिद बनाउँछु 
उनको लाश बोकी फेरि पूरै सहर घुमाउँछु 
क्षतिपूर्ति दस लाख म उसलाई दिन मगाउँछु 
आधा–आधा गरी फेरि पाँच लाख घर लेराउँछु 
बाबा म त ठूलो भई देश नयाँ बनाउँछु ।