परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

धर्तीको स्वर्ग कहालीलाग्दो सुनसान छ…!

मेरो देश
धर्तीको स्वर्ग
कान्तिपुरी नगरी
आज
कहालीलाग्दो
सुनसान

 

जात्रैजात्राले उत्सवमय,
टोलटोल, डबली, चोक
निर्जन
निष्प्राण

 

हाँसो खुसीले उल्लासमय,
प्रीतिपूर्ण जनजीवन
मरुभूमिसरि
उजाड …!

 

कोरोना…!
तिमी यतिसम्म पनि
निष्ठुरी निर्दयी नबन
हाम्रा आस्थाका देवताहरू समेत
मूकदर्शक अनि
किंकर्तव्यबिमूढ भइ
यी भब्य मन्दिरहरू छाडेर
अन्तै बसाइँ सर्न नपरोस्..!

 

अब अति भो
तिम्रो क्रूर-यातनाले
मेरो यो
दिव्यमय कान्तिपुरी नगरी
घरघर शोकमा डुबाई
लाश थुप्रिएको
स्मशान नबनाई देऊ …!

Facebook Comments