परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैवी श्रृङ्गार

चट्याङ–प्रहार

जति मेरो उमेर बढ्दै गयो
ईश्वर मलाई सिँगार्नमा उति बढी व्यस्त भयो ।

 

ऊ आफ्नो यो कृतिलाई अझै सिँगार्दै छ
पहिला तालुमा बाक्लो रौँ लगाएको थियो
अब त्यहाँबाट उखेलेर नाक र कानमा सार्दैछ ।

 

पहिलाको सम्म गालामा चाउरीका अनेक बुट्टा भर्दैछ
ओठको रातो रङ्गलाई अब निलो बनाउँदैछ
कालो कपालमा ह्वाइटवास गर्दैछ
ईश्वर उसको यो कृतिलाई अझै राम्रो सिँगार्दैछ ।

 

सोझो ढाड अलिकति अगाडि झुकायो
कानलाई अटोमेटिक बाजा बजिरहने बनायो
आँखामाथि पातलो पर्दा लगायो
नाक र मुखबाट बग्ने रसको मात्रा बढायो
ईश्वरले मलाई अझै राम्रो बनाउन आफ्नु धेरै मिहिनेत लगायो ।

 

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

छाला तनक्क तन्किएको टाइट थियो
अब न्यु फेसनको लुज बनायो
टाउको फिक्स थियो
अब ता जुनबेला पनि हल्लिरहने लचकदार बनायो
हात र हातका औँलाहरू पनि हल्लिरहने बनायो
ईश्वरले मलाई अझै राम्रो बनाउन आफ्नु धेरै मिहिनेत लगायो ।

 

ईश्वरीय यो श्रृङ्गार कहिले सकिने होला ?
मानिस र ईश्वरको सुन्दरताको परिभाषाबीच धेरै अन्तर छ
नत्र मानिसलाई त पुरानै श्रृङ्गार राम्रै लागेको थियो
ईश्वरले झन् यो नयाँ नयाँ श्रृङ्गार किन थपेको होला ?

Facebook Comments