परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

डरलाग्दो माया

चट्याङ-प्रहार

मलाई फूलको माया लाग्छ भन्यौ र फूल चुँड्यौ
मलाई सबै प्राणीको माया लाग्छ भन्यौ र सेकुवा मगायौ
अब तिमी मेरो माया लाग्छ भन्दै छौ
तिमी मेरो टाउको चुँड्छौ कि मेरो सेकुवा बनाउँछौ ?

 

मलाई देशको माया लाग्छ भन्यौ र देश बिरुद्ध बन्दुक उठायौ
मलाई गरिबको माया लाग्छ भन्यौ र गरिबको उठिबास लगायौ
अब तिमी मेरो माया लाग्छ भन्दै छौ
मलाई सहिद बनाउँछौं कि उठिबास लगाउँछौ ?

 

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

मलाई नेपालको माया लाग्छ भन्यौ र विदेशिने अठोट गर्‍यौ
नेपालमा बुद्ध जन्मिएकोमा गर्व गर्यौ र पुर्खादेखिको बुद्ध धर्म त्यागेर अर्कै धर्म स्वीकार्यौ
अब मसँग बस्न रमाइलो लाग्छ भन्दै छौ, मेरो प्रेममा गर्व गर्दै छौ
मलाई छोडर अन्तै जान्छौ कि यहीँ अर्कैसँग बस्छौ ?

Facebook Comments