के लेख्छौ कविजी ?
चट्याङ्–प्रहार (व्यङ्ग्य विधा)
साँझको बेला अध्याँरो कोठा, झ्यालको छेउ कविजी
भोको पेटले, सुकेको ओठले के लेख्छौ कवि जी ?
सुकेको गाला, बसेको कन्चट, धमिलो आखाँ कविजी
थोत्रो कलमले थोत्रो कापीमा के लेख्छौ कविजी ?
इन्द्रधनुष तल वसन्ती वागमा भ्रमरका गान सुन आऊ
फुलेको फूलको परिवारमाथि पुतलीको खेल हेर आऊ
सरसर शीतल वहेको हावा, फूलको बैंस सुँघ आऊ
तिमी के देख्छौ, म के लेख्छु मेरो कविता सुन आऊ ।
जे देखी जे अनुभूत हुन्छ, त्यो देख्न, लेख्न कवि व्यस्त हुन्छ
हुँदैन बन्धन कवि इन्द्रियको, जहाँ जे देख्न ऊ स्वतन्त्र हुन्छ
ब्रम्हा निदाए यो सृष्टि रचेर, सिङ्गार्ने जिम्मा कविमा रहन्छ
हेर तिमी नै जहाँ जे खराब, म हेर्छु राम्रो, सके आऊ सपार ।