परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

साम्यवादको नक्कली रटान

कविता (छन्द-पञ्चचामर)

समाजवाद ल्याउँछौं उठौं लडौं भनीकन

सगर्व वर्ग भेदको कुरा सिकाइयो किन?

लुकेर वर्गशत्रुको बिचौलीया बने पनि

समाजवाद लक्ष्य हो भनेर ढाँटियो किन?

*

गरीबका मुहारमा खुसी र हर्ष ल्याउन

अभाव रोग भोकको जरो किलो हटाउन।

युवा सवै उठेपछि र युध्दमा फँसेपछि

म चक्रव्यूहमा हुँदा तिमी कहाँ थियौ भन?

*

किसानका कुरा थिए, दुःखी गरीवका कुरा

अन्य आकर्षणहरू

पर्दा उघार्न आओ

नशालु ती आँखा

बल्झिएर रोएँ !

पश्चाताप

जीवन

कुरा दलीतका थिए र मुक्ति युध्दका कुरा।

समस्त वर्ग शत्रुको समूल नष्ट गर्नुको

कुरा रहेछ नक्कली, थिएछ धारिलो छुरा।

*

पुँजीपति र बुर्जुवासितै मितेरी लाउन

दलाल देशघातकी सँगै चुचो मिलाउन।

लिएर मन्त्रणा सधैं पराइ शत्रु देशको

रटान साम्यवादको लगाउँछौ अझै किन?

(गण- ज र ज र ज गू संकेत- lSl SlS lSl SlS lSl S)

Facebook Comments