परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अनलाइनबाटै निःशुल्क त्रिवि सेवा आयोग तयारी कक्षा

लकडाउनको सदुपयोग

काठमाडौँ । लकडाउन समयको सदुपयोग गर्दै त्रिभुवन विश्व विद्यालयका केही जागरुक अनुभवी शिक्षक र प्रशासकले निःशुल्क त्रिवि सेवा आयोग तयारी कक्षा अनलाइनमार्फत् सञ्चालन गर्न थालेका छन् ।

त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयका उप–प्रशासक विष्णुप्रसाद अर्याल, त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक डा. दिलनाथ दंगाल लगायतको जागरुक युवा समूहले जुम एप मार्फत् अनलाइन कक्षा सञ्चालन गर्न थालेको हो ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. दिलनाथ दंगालले परिसंवाद डट कमसँग कुरा गर्दै निः शुल्क त्रिवि सेवा आयोग तयारी गरिरहेका परीक्षार्थीहरूलाई मद्दत पुगोस भन्ने उद्देश्यले निःशुल्क अनलाइन कक्षा सञ्चालन गरिएको बताउनु भएको छ । उहाँले अनलाइन कक्षालाई सहभागीको रुचि अनुसार बढाउँदै लैजान सकिने बताउनुहुन्छ ।

त्रिविका स्थायी र पूर्णकालीन शिक्षकले त्रिवि बाहेक अन्यत्र कुनै पनि निजी कलेज वा संस्थामा कक्षा लिने कुरामा सैद्धान्तिक असहमति राख्ै आएका डा. दंगालले त्रिविभित्र कक्षा लिएर उब्रेको समय अध्ययन, अनुसन्धान, प्राध्यापक संघ, समाजसेवा, प्राध्यापक, कर्मचारी र त्रिविको उत्थानमा लगाउँदै आउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयका अनुभवी उप–प्रशासक विष्णुप्रसाद अर्यालले यो कक्षाको संयोजन गर्नुभएको छ । यो निः शुल्क अनलाइन कक्षामा सहभागी हुनका लागि जुम एप डाउनलोड गरेर हरेक दिन अपरान्ह ४ः०० बजे जोडिन सकिने र भिडियो कलबाटै दोहोरो छलफल गरी कक्षा लिन सकिने सञ्चालकहरूको भनाइ छ ।

अनलाइन कक्षामा धेरै परिक्षार्थीहरूले सहभागी जनाएको र सहभागिता बढ्दो क्रममा रहेकोले लाइभ जोडिन असमर्थ भएकाहरूको सुविधालाई ध्यानमा राखी छलफललाई रेकर्ड गरी युट्युबमा पनि राखिएको आयोजकहरूको भनाइ छ ।

यो कक्षा चैत्र १४ बाट सुरु भएको निःशुल्क अनलाइन तयारी कक्षाबाट आफुहरू लाभान्वित भएको सहभागीहरूले बताएका छन् ।

जुम एप मार्फत् फेसबुक जस्तै गरी सञ्जालमा जोडिन मिल्छ र यसले एकैसाथ अनलाइनमार्फत् सञ्चालन तथा अन्तरक्रियाको सुविधा दिने गर्दछ । यसका लागि तल तस्बिरमा जस्तै गरी गुगलमा zoom.us टाइप गरी फेसबुकमा जस्तै साइन अप गर्न सकिनेछ ।

Facebook Comments