परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन

काठमाडौँ। राष्ट्रिय दैनिक नेपाल समाचारपत्रका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको  आज निधन भएको छ । ६० वर्षको उमेरमा नर्भिक अस्पतालमा उहाँको  निधन भएको हो ।

श्रेष्ठको करिब साढे पाँच महिना अघि नाकमा समस्या भएपछि राजधानीमा नाक र पत्थरीको शल्यक्रिया गरिएको थियो।

कामना प्रकाशनका अध्यक्ष तथा प्रधानसम्पादक श्रेष्ठ तीन दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो।

स्वर्गीय पत्रकार श्रेष्ठको निधनमा राजनीतिक नेता र सञ्चार क्षेत्रबाट गहिरो दुःख प्रकट गरिएका समाचार प्राप्त भएका छन्।

स्वर्गीय श्रेष्ठप्रति हाम्रो श्रद्धाञ्जली!

 

Facebook Comments