परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बुढाथोकी, खरेल, घिमिरे र विश्वकर्मालाई ओली प्रतिष्ठानका पुरस्कार

काठमाडौँ । झापास्थित रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिहरूलाई सन् २०१८ का भिन्दा भिन्दै पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको छ । सो प्रतिष्ठानले कृषि विशेषज्ञ डा केदार बुढाथोकी, पत्रकारिताका प्राध्यापक पी. खरेल तथा सामाजिक अभियन्ताहरू दुर्गा घिमिरे र बालक यामबहादुर बिकलाई सम्मान गर्ने भएको हो ।

ओली प्रतिष्ठानले कृषि क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै डा. केदार बुढाथोकीलाई रु.१,०१,१११।– राशीको रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार, २०१८ प्रदान गर्ने निर्णय गरेको छ । यूनिर्भसिटी अफ लण्डन, बेलायतबाट “अफ सिजन्स फ्रेश ओनियन प्रोड्क्सन एज दि क्यास क्रप्स” मा विद्यावारिधि हासिल गरी डा. केदार बुढाथोकी ३५ वर्षसम्म कृषि विभाग, लुम्ले क्षेत्रीय कृषि अनुसन्धान केन्द्र र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वरिष्ठ कृषि वैज्ञानिकको रुपमा कार्य गर्नु भएको छ ।

यसैगरी चेलिबेटी बेचबिखनको बिरूद्दको अभियान मानव अधिकारका क्षेत्रमा क्रियाशिल भई महिला उत्थानको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएबापत् सुनसरी, धरानकी सामाजिक अभियन्ता श्रीमती दुर्गा घिमिरेलाई रु.१,०१,१११।–राशीको गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार–२०१८ प्रदान गरिनेछ । दुर्गा घिमिरे त्रिभुवन बिश्वबिद्यालयबाट अर्थशास्त्रमा एम.ए. र कानुनमा स्नातक गरी बि.सं. २०३३ सालदेखि अनवरत रूपमा सामाजिक सेवाको क्षेत्रमा संलग्न हुनुहुन्छ ।

यसैगरी ओली प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका पूर्व प्रमुख प्रा.रशुराम खरेल (पी. खरेल) लाई पत्रकारिता तथा आम सञ्चारमा उल्लेख्य योगदान पु¥याए बापत रु.१,०१,१११।– राशीको अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०१८ प्रदान गर्ने निर्णय गरेको छ । प्रा. खरेल त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर र Cardiff, Britain बाट पत्रकारितामा Advance Diploma गरी विगत साढे चार दशकदेखि नेपाली पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ ।

बाल विवाह न्यूनिकरणका लागि चुनौतिपूर्ण कार्यगरी बाल हिंसा र लैगिंक हिँसाका विरुद्ध जन चेतनाको वृद्धिको लागि अनुकरणिय योगदान गरे बापत गुराँस–३, खुम दैलेखका बालक यामबहादुर वि.क.लाई रु.५१,१११।–राशीको देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार–२०१८ प्रदान गरिनेछ । बालक यामबहादुर नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ ।

यी पुरस्कारहरू रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले २०७६ वैशाख ७ गते समर्पण गर्ने जानकारी पत्रकार सम्मेलनमार्फत् प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले दिनुभयो ।

बि.सं.२०७५ को श्रीप्रसाद ओली स्मृति साहित्यिक पुरस्कार लागि उजानबजार गुहाटी, आसाम (भारत) का डा. इन्दुप्रभा देवीलाई पुरस्कृत गरिने भएको छ । स्व.श्रीप्रसाद ओलीको स्मृतिमा २०७४ सालदेखि प्रत्येक वर्ष कविशिरोमणि लेखनाथ जन्मजयन्तीको दिन प्रदान गर्ने गरिएको यो पुरस्कारको राशी रु. ५१,१११ रहेको छ ।

यसका साथै प्रतिष्ठानले खेलकुदको क्षेत्रमा झापाको कन्काई नगरमा आयोजित जिल्ला तथा प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा बिजयी टिमलाई पुरस्कार प्रदान गरेको छ।

स्व. श्रीप्रसाद ओलीको स्मृतिमा झापास्थित पौराणिक महत्व बोकेको शंकरचार्य पिठ बेद बेदांग संस्कृत पाठशाला साधुटार अर्जुनधारा–१ बिद्यालयको प्राङ्गणमा यही चैत मसान्तभित्र एकलाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण कार्यको ९५% काम पुरा भइसकेकोमा चाडै पूरा गरी बिद्यालयलाई हस्तान्तरण गरिने प्रतिष्ठानले जनाएको छ ।

Facebook Comments