परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

हामी

कविता

फरक के ?
सिसिफसको नियति दोहोर्‌याउँदै
मपाईत्वको मातले
मातिएका हामीहरूबीच
छ निरन्तर प्रतिस्पर्धा
झूठो खुशीको

विचार र दृष्ट्रिकोण एउटै
आफूलाई नै केन्द्रमा राख्ने
तिमी, म, ऊ र
अनि सबै

शायद् ऐनामा अनुहार हेर्दा
एउटै पो देखिन्छ कि
हामी सबैको अनुहार
आफूलाई भ्रममा राख्न
रूचाउने हामी
शायद् बुझ पचाएर
खडा गर्दैछौँ आपसमा
भिन्नताको कृत्रिम पर्खाल ।

Facebook Comments