परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ कात्तिक २४ गते, शनिबार ।

तिहारमा देउसी खेल्न जाँदा हराएका नुवाकोट लिखुका पाँच बालिका सुर्खेतमा भेटिएको सञ्चार माध्यमहरूले जनाएका छ ।

दिपावलीको उत्सव चलिरहेको बेला भारतको उत्तर प्रदेशको मेरठ जिल्लाका तीन वर्षिया बालिकाको मुखमा पटाका राखेर पड्काइदिएको समाचार छ । ती बालिकाको चिन्ताजनक अवस्था उपचार भइरहेको जनाइएको छ ।

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईबारे समाचार लेख्दा अमेरिकामा पत्रकार कुटिएको समाचारप्रति प्रदेश नं. १ को सरकारले खण्डन गरेको थाहा खबर अनलाइन समाचार पोर्टलले जनाएको छ ।

२०७५ कात्तिक २५ गते, आइतबार ।

आठ महिनामा ८२ संसद चल्दा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २२ दिन प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा २० उपस्थित हुनुभएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई संघीय सरकारको अनुमति नलिई सुटुक्क अमेरिका पुगेको कुरा कूटनीतिक वृत्तमा आलोचित बनेको र यसबारे समाचार लेख्दा पत्रकार लोकमणि राई अमेरिकामै कुटिएको समाचार पनि कान्तिपुर दैनिकमा नै प्रकाशित छ ।

त्रिवि शिक्षण अस्पतालमा प्रणालीगत बेथिति भएको अन्नपूर्ण दैनिकमा प्रकाशित छ ।

नेपाल र अमेरिकाले एकअर्का देशका नागरिकलाई जारी गर्ने भिसा अवधि समान गराउने तयारी गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँग जोडिएका चारवटा मुद्दा अदालतमा विचाराधीन रहेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

आज किरात फाल्गुनन्दको १३४ औं जन्मजयन्तीको अवसर पारेर पाँचथरको सदरमुकाम फिदिममा उनको शालिक अनावरण गरिने भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

हुम्लामा पहिलोपटक सरकारी सवारी साधन पुगेको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

सुख्खायाम शुरु भएसँगै चुरे क्षेत्रमा पानीको मूल सुक्न थालेको थाहा खबर अनलाइन समाचार पोर्टलले जनाएको छ ।

Facebook Comments