परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ कात्तिक २६ गते, सोमबार ।

सरकारले भारत, मलेशिया र संयुक्त अरब इमिरेट्सका लागि क्रमशः निलाम्बर आचार्य, उदयराज पाण्डे र कृष्ण ढकालको नाम राजदूत पदमा सिफारिस गरेको सञ्चार माध्यमहरूले जनाएका छन् ।

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहले तयार प्रतिवेदन बुझ्न भारत आनाकानी गरेको समाचार प्रतिवेदन अलपत्र परेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

नेपाल वायुसेवा निगमले किनेको वाइड बडी विमान भाडामा लिइएको हुनसक्ने आशंका रहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

कतिपय पेट्रोल पम्पले सफ्टवेयर जडान गरेर ठगी गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई तयारी बिना नै काभ्रेको पनौती सार्ने सरकारी निर्णयप्रति अधिकांश वरिष्ठ पूर्वप्रहरी अधिकारीले आपत्ति जनाएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

सरकारले मन्त्रिपरिषदको निर्णय तत्काल सार्वजनिक नगर्ने भएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

रौतहटको एक खुकुरा फर्मको कुखुराले नियमित रूपमा लोकगीत सुन्ने गरेको समाचार पनि समाचार कारोबार दैनिकमा नै प्रकाशित छ ।

राष्ट्रिय अनुसन्धान, राजस्व विभाग तथा सम्पत्ति शुद्धीकरण विभागपछि सरकारले २५ अर्बभन्दा बढी लगानीका आयोजना प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्रत्यक्ष मातहत रहने गरी बेग्लै ऐन ल्याउने तयारी गरेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

मध्यमस्र्याङ्दी जलविद्युत आयोजनासँगै जोडिएको चेपाङ बस्ती बत्तीमुनि अँध्यारो भनेसँगै विजुलीविहीन अवस्थामा रहेको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

देशको शोधनान्तर घाटा छ वर्षकै उच्च रहेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

छठ पर्व तराई र पहाडलाई जोड्ने सेतु बन्दै गएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Facebook Comments