परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ कात्तिक २३ गते, शुक्रबार ।

आज भाइटीका । दाजुभाइले दिदीबहिनीबाट टीका लगाउने परम्परालाई यसपटक पनि उत्साहपूर्वक निरन्तरता दिइएको समाचार छ । दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदी बहिनीले राजधानीको रानीपोखरीमा गएर टीका लगाएको समाचार छ । यस्तै,देशका विभिन्न स्थानमा सामाजिक हिसाबले सामूहिक भाइटीका लगाएको खबर छ ।

बाँकेको जानकी गाउँपालिका—५ बनियाँ गाउँमा देउसीभैलो खेल्ने क्रममा दुई पक्षबीच विवाद हुँदा नौ जना घाइते भएको समाचार अन्नपूर्ण पोष्ट अनलाइन संस्करणमा प्रकाशित छ ।

चीनको महत्वाकांक्षी परियोजना वान बेल्ट वान रोडले आफ्ना लागि खतरा उत्पन्न गरेको भन्दै भारतले चिन्ता जनाएको समाचार पनिअन्नपूर्ण पोष्टकै अनलाइन संस्करणमा प्रकाशित छ ।

२०७४ साल फागुन २४ गते नारी दिवसका बेला कुटिएकी कैलालीकी राधा चौधरीमाथि यस पटकको लक्ष्मीपूजाको दिन पुनः कुटपिट भएको सञ्चार माध्यमहरूले जनाएका छन् । कुटपिट गर्ने स्थानीय २८ वर्षीय कालीचरण चौधरीलाई प्रहरीले हिराशतमा लिएको छ ।

अमेरिकाको लस एञ्जलसस्थित एक रेष्टुराँनजिक भएको गोलीकाण्डमा १२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

Facebook Comments