परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ कात्तिक २२ गते, विहीबार ।

देशमा ऊर्जा संकट सकिएको सन्देश दिन नेपाल विद्युत प्राधिकरणले आप्फ्नो मुख्य कार्यालय डिजिटल लाइटबाट झिलिमिली बनाएको समाचार छ ।

यस पटकको तिहारमा चार करोडको फूलको कारोबार भएको र भारतीय फूलको आयातमा ६० प्रतिशतले कमी आएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको ८२ वर्षको उमेरमा कात्तिक २१ गते निधन भएको समाचार छ ।

तिहारका लागि राजधानी भित्र्याइएका १० लाख बराबारका पटाका प्रहरीले नष्ट गरेको छ ।

सुर्खेतको सिम्ता गाउँपालिकामा गरिब परिचयपत्र वितरण गरिएको समाचार सार्वजनिक भएको छ ।
सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय अपराधी ठहरिएका चार्ल्स शोभराजलाई थुनामा राख्नुको कारण देखाउन सरकारलाई आदेश दिएको छ ।

ईश्वरको निन्दा गरेको अभियोगमा आठ वर्ष जेलमा राखिएका क्रिस्चियन महिला आशिया बिबीलाई पाकिस्तानले जेलमुक्त गरेको बीबीसीले जनाएको छ । अहिले ती महिला कहाँ छिन् भन्नबारे भने थाहा हुन सकेको छैन ।

Facebook Comments