परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

उत्तर आउन थाले 

चट्याङ प्रहार (व्यङग्य विधा)

केही रङ्गका मानिसले विद्यावारिधि थाले 

नामको अगाडि डा. लेखेर “डाक्टर” बन्न थाले 

छक्कै पर्थें शिक्षामाथि राजनीति किन  ?

उत्तरमा डाक्टरको हूल भोट माग्न थाले !  

 

केही रङ्गका आरोपितले मुद्दा जित्न थाले 

समाजमा अपराधी खुल्ला हिँड्न थाले 

छक्क पर्थेँ न्यायमाथि राजनीति किन ? 

उत्तरमा आरोपितले कानून लेख्न थाले 

 

सरुवा र बढुवाका बाढी आउन थाले 

नयाँ पदमा नयाँ ढङ्गले भ्रष्टाचार थाले 

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

छक्क पर्थे प्रशासनमा राजनीति किन ?

उत्तरमा सहरमा महल बन्न थाले 

 

युवाहरू स्कूल क्याम्पस पढाइ गर्नै छाडे 

चढ्दो बैंसको उन्मादमा भुई टेक्नै छाडे  

छक्क पर्थें पढने उमेर किन खेर फाल्छन्? 

उत्तरमा नयाँ मोटर तिनै चढ्न थाले 

 

अपराध यत्रतत्र धेरै बढ्न थाले

असुरक्षित भयौँ भन्दै धेरै रुन थाले  

छक्क पर्थें सुरक्षा खोई कसले दिने होला?

उत्तरमा सुरक्षा सब नेता राख्न थाले ।

 

Facebook Comments