आज मन लागिरहेछ !
चट्याङ-प्रहार
आज कसैको प्रशंसा गर्न मन लागिरहेछ,
कसको प्रशंसा गरौँ ?
प्रशंसा गर्न लायक कोही देख्दिनँ यहाँ,
म आफ्नैबाट सुरु गरौँ ?
आज कसैलाई गाली गर्न मन लागिरहेछ,
कसलाई गाली गरौँ ?
तपाईं अगाडि हुँदै हुनुहुन्छ,
तपाईंबाटै सुरु गरौँ ?
आज देश र जनताको लागि केही त्याग गर्न मन लागिरहेछ,
म जे पनि त्याग गर्न तयार छु, भन्नुहोस के के त्याग गरौँ ?
यता शौचालय कता छ हँ ? म त्यहाँ गएर धेरै त्याग गरौँ ?
आज देश र जनताको लागि रगत बगाउन तयार छु म,
ओ मित्र, अलि यता आउनुहोस् त,
तपाईंलाई एक महान् सहिद बनाउँ ?