परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आठ जनालाई ‘नइ बाल पुरस्कार’

काठमाडौं ।
नइ प्रकाशनले शैक्षिक अध्ययनका साथसाथै अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्टता आर्जन गर्ने  वर्षदेखि १५ बर्षसम्मका आठ

जना बालबालिकालाई २०७५ सालको ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

‘नइ बाल पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ जेनी मानन्धर, साहित्यतर्फ प्रारम्भ अधिकारी, चित्रकलातर्फ विमल शाही, नृत्यतर्फ पालिस्था नापित, खेलकुदतर्फ निशान पन्थी छन् । ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही दस हजार रूपियाँ रहेका छन् ।

यसैगरी नइ कोपिला पुरस्कार गायनमा हिमानी प्रधान र नृत्यमा अपेक्षा शेरचनलाई समर्पण गर्ने निर्णय भएको छ । ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही सात हजार रूपियाँ रहेका छन् ।

ताम्रपत्रसहित पाँच हजार रूपियाँ राशिको नइ चिचिला पुरस्कार चार वर्षकी स्वीकृति दाहाललाई समर्पण गरिने भएको छ ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०० औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख २८ गते काठमाडौंमा शताब्दी पुरुषकै हातबाट नइ बाल पुस्कारहरू समर्पण गरिनेछन् । सो दिन पुरस्कृत पञ्चकन्याबाट नाचगान पनि प्रस्तुत हुने कार्यक्रम रहेको नइ प्रकाशनका  सदस्य सचिव नरेन्द्रराज प्रसाईले बताउनुभएको छ ।

Facebook Comments