परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

समय

कविता

सबको मालिक
तर कसैको सेवक होइन
समय

कसैले रोकेर नरोकिने समय
निरन्तरता सन्देश दिन्छ समय
चरैवेति चरैवेतिको पाठ
पढाउने समय

 

कहिले पो कसबाट रोकियो समय
कसले पो रोक्न सक्ला
चन्द्र र सूर्यको गति
न विगतमा
न वर्तमानमा
र न भविष्यमा नै

समुन्द्रको छाललाई कसले
दिन सक्दछ आदेश
न ऋतुको आगमन र बहिर्गमन
रोकिन्छ कसैको इच्छाले नै

कति बलबान समय
सबैको मालिक समय
होइन कसैको दास समय !

Facebook Comments