परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

ओली वंशद्वारा प्रम ओली सम्मानित

मान-सम्मान

ओली वंश अक्षय कोषको आठौँ वार्षिक साधारण सभाको सन्दर्भ पारेर ओली परिवारबाट विभिन्न ओहव्दामा पुगेका उच्च पदस्थ व्यक्तित्वहरूलाई यही भाद्र २३, गते शनिबारका दिन सम्मानित गरिएको छ । त्यो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य र प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओलीलाई विशेष अभिनन्दन गरिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा विविध बिधामा सर्वोत्कृष्ट ओली परिवारका सदस्यहरू पनि सम्मानित र पुरस्कृत गरिएका थिए । एस.ई.ई. उत्कृष्ट छात्र आभाष ओली र उत्कृष्ट छात्रा स्वस्तिका ओलीलाई स्व. बबिराज ओली स्मृति पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो । यो पुरस्कार स्व. बबिराज ओलीका नातिहरूले स्थापना गरेका हुन् ।

त्यसैगरी कक्षा ११÷१२ को विज्ञान सङ्काय अन्र्गगत उत्कृष्ट ल्याउने छात्र÷छात्रामध्येबाट रुविना ओलीलाई प्रेमप्रसाद–रामकुमारी ओली पुरस्कारद्वारा सम्मान गरियो । यो पुरस्कारको स्थापना बासुदेव र शान्ति राणा ओलीले गर्नुभएको थियो । कला, साहित्य र सङ्गीततर्फ पुण्यप्रसाद ओलीलाई रामप्रसाद–देवीमाया ओली पुरस्कार प्रदान गरियो । यो पुरस्कारको स्थापना विष्णुप्रसाद र देवी उप्रेती ओलीले गर्नुभएको हो । यसैगरी महिला उद्यमीतर्फ प्रतिभा रिजाल ओलीलाई प्रभा श्रेष्ठ ओली स्मृति पुरस्कार प्रदान गरिएको थियो । यो पुरस्कार पनि प्रभा श्रेष्ठका श्रीमान् त्रिभुवन विश्वविद्यालय संस्कृति विभाग कीर्तिपुरका प्रा.डा. डिल्ली ओलीले स्थापना गर्नुभएको होे ।

यसैगरी ज्येष्ठ नागरिक पुरुषतर्फ विष्णुप्रसाद ओलीलाई जगतमणि–सरस्वता ओली पुरस्कार प्रदान गरियो । यो पुरस्कारको स्थापना जगतमणि–सरस्वताका छोरा बुहारी केशवमणि र बुहारी ममता खरेल ओलीले गर्नुभएको हो । ज्येष्ठ नागरिक महिलातर्फ टेकलक्ष्मी ओली इन्द्रप्रसाद–जशोदा ओली पुरस्कारद्वारा सम्मानित हुनभयो । इन्द्रप्रसाद–जशोदा ओलीका छोरा बुहारी कृष्णप्रसाद र रूपा ओलीले यो पुरस्कार स्थापना गर्नुभएको थियो । कार्यक्रममा एकल महिलातर्फ पवित्रादेवी ओलीलाई जयप्रसाद–भगमाया ओली पुरस्कार प्रदान गरिएको थियो । यो पुरस्कारको स्थापना पनि जयप्रसाद–भगमायाका छोरा–बुहारी हरिप्रसाद र शान्तिदेवी ओलीले गर्नु भएको थियो । इन्जिनियरिङतर्फ सत्यराज ओलीले परिशिलन ओली इन्जिनियरिङ पुरस्कार प्राप्त गर्नुभयो । उक्त पुरस्कारको स्थापना परिशिलनका बुबाआमा पूर्णबहादुर र देवकुमारी ओलीले गर्नुभएको कोषले जानकारी दिएको थियो ।

कार्यक्रममा समाजलाई कुनै न कुनै हिसबले योगदान पु¥याएका ओली परिवारका सदस्यहरूलाई राज्यको उच्च ओहदामा रहेका व्यक्तित्वहरूबाट बिशेष सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरूमा डा. कृष्णप्रसाद ओली (सदस्य राष्ट्रिय योजना आयोग), रामप्रसाद ओली (न्यायाधीश, पाटन उच्च अदालत), कमला ओली (सांसद, राष्ट्रिय सभा), कोमल ओली (सांसद, राष्ट्रिय सभा), उत्तरकुमार ओली (सांसद, प्रदेश सभा), डा. नतालिया ओली (विद्यावारिधि, मुटु तथा नसा सम्बन्धी नसर्ने रोग क्षेत्रमा), डा. उपनिश ओली (एम.डि., स्त्री तथा प्रसुती रोग क्षेत्रमा) र महिमा ओली (बिशिष्ट श्रेणी, स्नातकोत्तर, व्यवस्थापन बिषय) रहेका थिए ।

उक्त समारोहमा प्रधानमन्त्री केपी ओलीले कोषका आजीवन सदस्यहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । आजीवन सदस्यको प्रमाणपत्र पाउनेहरूमा भवानीप्रसाद ओली, डा. मनिष ओली, गङ्गाप्रसाद ओली (अध्यक्ष, ओली वंश समन्वय समिति झापा), घनश्याम ओली, झापा, घनश्याम ओली, दैलेख, कल्पना बाँस्तोला ओली, केशवकुमार ओली, केशवकुमारी ओली, केशवराज ओली, लक्ष्मीप्रसाद ओली, मनोजकुमार ओली, नारायण ओली, प्रल्हाद ओली, रामप्रसाद ओली, सज्जन ओली, उषा ओली, नरबहादुर ओली वीरबहादुर ओली, ढुण्डीलाल ओली, गणेशबहादुर ओली, पुर्णबहादुर ओली, निशा ओली भण्डारी र रीता ओली खरेल हुनुहुन्थ्यो ।

सो कार्यक्रममा रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान, झापाद्वारा देशभरिका ओली वंशका सदस्यहरूबाट भए गरिएका सामाजिक कार्यहरूको मूल्याङ्कन गरी सर्वोत्कृष्ट कार्य गर्ने एक जनालाई वार्षिक रूपमा सम्मानित तथा पुरस्कृत गर्न ओली वंश अक्षय कोषमा रू. चार लाख रकम प्रदान गरेको घोषणा गरियो ।

सो अक्षय कोष रकमको ब्याजबाट वार्षिक रूपमा न्यूनतम ३५ हजार एक सय एक रूपैयाँको पुरस्कार र प्रमाणपत्र सहित ओली वंशका सदस्यलाई सम्मान गरिने जानकारी कार्यक्रममा दिइयो । यो पुरस्कारको नाम रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानका संस्थापक एवं प्रमुख संरक्षक स्व. श्रीप्रसाद ओली र उहाँकी धर्मपत्नी अम्बिकादेवी ओलीको नामबाट ‘श्रीप्रसाद–अम्बिका ओली स्मृति समाजसेवा पुरस्कार’ राखिएको समेत कार्यक्रममा जानकारी दिइयो ।

Facebook Comments