परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ भदौ २० बुधबार

  • त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र पटक पटक हुने क्रममा भदौ १९ गते हुने भनिएको एमएड प्रथम सेमेष्टर मनोविज्ञानको प्रश्नपत्र आउट भएपछि त्यस विषयको परीक्षा स्थगित भएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

 

  • नाफामूलक उद्योग खोल्न नेपाली सेनाले राखेको प्रस्तावलाई रक्षा मन्त्रालयले अस्वीकृत गरेको समाचार कारोबार दैनिकमा प्रकाशित   छ ।

 

  • भागबण्डाका आधारमा मानवदवी वितरण भएको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

 

  • बलात्कारी जोगाएको अभियोगमा कारबाहीमा पर्नुभएका नेपाल प्रहरीका एसपी जनसेवाश्री विभूषणबाट विभूषित गरिएको समाचार छ ।
    कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले रातो सूचीमा रहेका ९८ मध्ये छटा स्टलको सम्झौता खारेज गरेको छ ।

 

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाएको आशंकामा पक्राउ पर्नुभएका ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल छ दिनपछि हिरासतमुक्त हुनुभएको समाचार छ ।

 

  • नेपाल प्रहरीले आर्थिक वर्ष २०७४÷०७५ मा लागू औषधसम्बन्धी अपराधमा संलग्न भएको आरोपमा चार हजार सात सय ५४ जनालाई पक्राउ गरेको छ ।

 

  • यातायात व्यवसायीले दशैं अघि नै भाडा बढाउन सरकारलाई दबाब दिएपछि दशैंका लागि अग्रिम टिकट बुकिङमा अन्यौल उत्पन्न भएको समाचार छ ।

 

  • महानगरीय प्रहरी वृत्त, दरबारमार्गले मरेका पाँचवटा रातो हाब्रे (रेड पाण्डा) सहित दुईजनालाई पक्राउ गरेको समाचार छ । पक्राउ पर्नेहरूको विवरण खुलाइएको छैन ।

 

  • प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित भएको छ ।

 

  • बर्मामा रोयटर्स समाचार एजेन्सीका लागि काम गर्ने दुईजना पत्रकारलाई सात वर्षको जेल सजाय तोकिएको बीबीसीले जनाएको छ । उनीहरूमाथि रोहिङ्ग्या मुसलमानबारे रिपोर्टिङ गर्दा गोपनीय कानुन हनन गरिएको आरोप लगाइएको छ ।
Facebook Comments