परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

प्रदेश ३ का विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न

२९ विद्यालयले लिए भाग

बुकबर्ड नेपालको आयोजना र समाज कल्याण परिषद् काठमाडौं र टोखा नगरपालिकाको सहयोगमा प्रदेश नं ३ भित्रका सामुदायिक र संस्थागत विद्यालयबीचका बेग्लाबेग्लै नृत्य प्रतियोगिता सुसम्पन्न भएकोछ। हेराल्ड स्कूल बसुन्धराको हलमा भएको सो प्रतियोगितामा २९ वटा विद्यालयको सहभागिता थियो।

सामुदायिक विद्यालय तर्फ तिलिङ्टार मा वि धापासी प्रथम, मनोहरा मा वि गोङ्गबु द्वितीय, गणेश मा वि बूढानीलकण्ठ तृतीय भएकाछन् । यसै समूहमा जालुपा मा वि गोङ्गबु र सरस्वती मा वि टोखाले चौथो तथा पाँचौं पुरस्कार पाएकाछन् ।

संस्थागत विद्यालयतर्फ शुभकामना स्कूल टौदह प्रथम, ग्रीनल्याण्ड मा वि गोङ्गबु द्वितीय तथा बसुन्धरा नेशनल एकेडेमी बसुन्धरा तृतीय भएकाछन् । यस समूहमा फ्लोरोसेन्ट मा वि गोङ्गबु र न्यू क्यासल स्कूल बसुन्धराले चौथो तथा पाँचौं पुरस्कार पाएकाछन् । फागुन १९ र २० गते गरी दुईदिनसम्म संचालित यस नृत्य प्रतियोगिताको उद्‍घाटन टोखा नगरपालिकाका मेयर श्री प्रकाश अधिकारीले पानसमा दियो बालेर गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता बुकबर्ड नेपालका अध्यक्ष रामबाबु सुवेदीले गर्नुभएकोथियो ।

नगद सहित प्रमाणपत्र पुरस्कार रहेको समूहगत यस नृत्य प्रतियोगितामा २९० विद्यार्थी नाचे भने ९० जना विद्यार्थी पुरस्कृत भए । वरिष्ठ संगीतकार रामेश श्रेष्ठ, संगीतकार डिल्लीप्रसाद चापागाईं तथा डा. श्यामसुन्दर चौधरीका संगीत रहेका बालगीतमा नृत्य प्रस्तुत गरिएका थिए भने नृत्यमा प्रयोग गरिएका सबै बालगीत प्रसिद्ध बालसाहित्यकार, प्राज्ञ रामबाबु सुवेदीका थिए।

फागुन २० गते नृत्य कार्यक्रमका प्रमुख अतिथि सम्माननीय उप-प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल विशेष कारणवश उपस्थित हुन नसक्नुभएकाले कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका मेयरज्यूको विशेष आतिथ्यमा सम्पन्न भएकोथियो । विजेता ५-५ नृत्यहरु पुनः देखाएर शुरुभएको थियो । नृत्यपछि विशेष अतिथि एवं चीनबाट पाल्नुभएका चीन नेपाल साँस्कृतिक आदानप्रदान केन्द्रका अध्यक्ष लि बोबाट विजेता विद्यार्थीहरुलाई पुरस्कार एवं प्रशंसापत्र प्रदान गरिएकोथियो । नृत्य प्रतियोगिताको निर्णायकमा वरिष्ठ नृत्य निर्देशक कमल राई, वरिष्ठ गायिका बिमला राई र नायिका संचिता लुईंटेल हुनुहुन्थ्यो । बुकबर्ड नेपालका उपाध्यक्ष करुण थापाबाट स्वागत र बुकबर्डका आजीवन सदस्य अरुण श्रेष्ठबाट धन्यवाद ज्ञापन भएको यस कार्यक्रमको संचालन बुकबर्ड महासचिव डा. श्यामसुन्दर चौधरीले गर्नुभएकोथियो ।

Facebook Comments