ह्याप्पी न्यु इयर !!!
चट्याङ-प्रहार
आयो आयो न्यु इयर, लाइफको गर चेन्ज गियर,
रम, ह्विस्की, जिन, बियर, उठाऊ गिलास गरौँ चियर
ह्याप्पी न्यु इयर डियर, ह्याप्पी न्यु इयर !!!
आऊ आऊ माई डियर, बसौँ आऊ नियर नियर
टेन्सन सबै गर क्लियर, मौका यस्तो छ है रियर
ह्याप्पी न्यु इयर डियर, ह्याप्पी न्यु इयर !!!
बिक्रम संवत् होस् कि इश्वी संवत् होस् ? हामीलाई फरक के पर्छ डियर ?
सिनान आए चाइनिज व्हिस्की, ल्होसार आए छ्यांग छ क्लियर
मेरो ह्विस्की तिम्रो बियर, नो टेन्सन नो फियर,
ह्याप्पी न्यु इयर डियर, ह्याप्पी न्यु इयर !!!