परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

राजनीति: बुझ्नै परेन

चट्याङ–प्रहार (व्यङ्ग्य विधा)

मैले यहाँको राजनीति बुझ्ने धेरै कोशिश गरेँ तर बुझ्नै सकिन 

ठूलै राजनीतिज्ञ भेटेपछि बल्ल थाहा पाएँ, त्यसमा बुझ्नुपर्ने केही छँदै थिएन 

यत्ति बुझे पुग्ने रहेछ –

राजनीति भनेको जसरि पनि सरकारी पदमा बस्ने हो  

बसेपछि आफूलाई फाइदा हुने कुरो ठ्याम्म्मै बुझ्ने हो 

फाइदा नहुने कुरो बुझ्नै परेन, सुन्न पनि किन सुन्ने हो ?

 

कागज नै बुझाउन ल्याए त्यो कागज बुझ्ने हो 

भर्पाइ दिनु पर्दैन, पढेर सुनाउनु पर्दैन, कागज हातमा लिइदिने हो 

बुझें बुझें भन्ने हो तर फाइदा नहुने कुरो रहेछ भने किन बुझ्ने हो?

 

राजनीतिक पदमा बसेपछि रवाफ देखाउने हो 

अरुले अभिवादन गर्दा मन लागे फर्काउने हो   

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

आफ्नो रहर मेट्ने हो, मान्छे भेट्न आए भेट्ने हो 

अरुले जे जे भन्छन्, त्यसैमा हो हो हो भन्ने हो 

त्यत्ति गर्न पनि अल्छी लागे हतार छ भन्ने हो हिँड्ने हो

अरुले दिन ल्याए लिने हो, माग्न आए र मनलागे दिने हो 

मन नलागे बुझें बुझें, हेरौँला, बिचार गरौँला, भन्ने हो 

आफूलाई चाहिने कुरो रहेछ भने अरुलाई किन दिने हो?

आफैँ लिने हो, अरुलाई त आश्शवासन, भाका र अर्ति दिने हो 

राजनीति भनेको जसरि पनि सरकारी पदमा बस्ने हो !

 

ए हजुर, अब तपाई नै भन्नुस् —

यति बुझेपछि राजनीति बुझ्न के बाँकी रह्यो र किन बुझ्ने हो !?

Facebook Comments