परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नदी

कविता (छन्द-भुजङ्गप्रयात)

विहानी उषाले खसाएर रस्मी
सुनौली बनेकी जलाधार लक्ष्मी।
यतै छन् सुसेली यतै छन् उजेली
नदीमा रमेको छ जादू तिलष्मी।१

छचल्किन्छ पानी, उचालिन्छ पानी
झरीले चढेको छ उम्दो जवानी।
निला छाल उठ्छन्, दगुर्छन्, विलिन्छन्
मिठो लोभ लाग्दो छ यो जिन्दगानी।२

कलाले कुँदेका किनारा जिवन्त
नदी चेतना हो बगेको अनन्त
विसौंनी कहीं छैन यो वेग मारी
बगेको बगै जान्छ टाढा दिगन्त।३

अन्य आकर्षणहरू

पर्दा उघार्न आओ

नशालु ती आँखा

बल्झिएर रोएँ !

साम्यवादको नक्कली रटान

पश्चाताप

नदी गाउँछे, तालमा खेल्छ पानी
रिसाए, दु:खे ल्याउFछे यो सुनामी।
स्वयम्ले बनाएर बाटो कुलेसो
भँगाला समेटी कुदेकी हिमानी।४

यहींबाट टुङ्गिन्छ खेला कहानी
यहीं नै लिने हो विदाको सलामी।
यहीं शोक श्रध्दाञ्जली भाव पोखी
यहींबाट फिर्छन् सबैका मलामी।५

Facebook Comments