परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

पत्रिकामा पराईको भतुवा समाचार

फुटानी

लु भिरघरे मुलुक चैं समाप्तै भयो !

के भयो र काका मुलुकलाई ?

देखिनस् ! अनलाईन, पत्रपत्रिका, टिभी, एफएमहरु, फेसबुक, टुइटर लगायत सप्पैमा प्रधानमन्त्री ओलीले देश समाप्त पारे भनेर लेखेको छ ।

लौ काका पनि ! अनि हाम्रो पत्रकारहर्ले लेखेको पत्या’र बस्छौ तिमी पनि ! अस्ति एउटाले मेन न्यूज बनार विश्व प्रशिद्ध अध्ययनहरुको हवाला दिदै माप्पाको स्कुप मा¥यो, अर्को एकजना पाठकले त्यसको स्कूपलाई लोप्पा खुवाइ दियो, झन् अर्कोले त पढ्ने पाठकलाई नै नठग है भनेर झपा¥पो ।

हैन हौ भतिज, भ्रष्टाचारको कुरो लेखेको छ । अहिले जति भ्रष्टाचार कहिल्यै थिएन भनेको छ । अनि चैनाले हाम्रो सिमाना गाउँहरु सप्पै आफ्नोतिर पारे भनेर पनि लेखेको छ ।

आपतकालमा औषधी लगायतका सामान किन्दा सामान्य बेलाका कतिपय नियमहरुलाई बाइपास गर्नुप¥यो होला । तर, हल्ला गरे जस्तो अरबौं भ्रष्टाचार ग¥यो भनेर अलि बुझ्नेहर्ले चैं कसैले पनि पत्याउदैन । हुन सक्छ सामान्य अवस्थाका हिसावले भन्दा कमी कमजोरी रहे होलान्, कोरोना महामारी फैलिएर किटजन्य सामाग्री अभाव भएर विश्वमै हाहाकार भई रहेको बेला मूल्य बढी तिर्नुप¥यो होला । तर, भिजाएको सातुको डल्ला खाए जस्तो ह्वार्लाङ्ग–ह्वार्लाङ्ग खायो भनेर चै ओलीलाई बद्नाम गरेको मात्रै हो काका !

अनि यस्तो झुठो पनि लेख्छ त पत्रकारले ?

के लेख्दैनथ्यो र काका ! अधिकांश हाम्रो पत्रकारहरु ‘जता काफल पाक्यो, त्यतै पत्रकार नाच्यो’ खालको छ ।

अनि हौ भिरघरे ! भारतसंग सीमा विवाद र डुवान विवाद भएकै बेला यो चाइना भन्नेले हाम्रो नेपालको थुप्रै गाउँ पो लग्यो अरे त । समाचार माध्यमहरु सप्पैले त्यही भनि रा’छ । संसदमा संकल्प प्रस्ताव पनि तीन जाना सांसद मिलेर हाल्यो अरे ।

लौ अनि त्यो दक्षिणबाट प्राप्त दक्षिणा पचाउन पनि लेख्नु परिहाल्छ नि ! त्यो त निमकको सोझो गरेको नि काका ! हिजो मात्र देख्नु भएन नेपाल नम्बर वान पत्रिकाले क्षमा मागेको ! ‘चाइनाले होइन र’छ । हाम्रै सरकारले झुठो समाचार हामीलाई दिएर फसायो’ भनेर अस्तिको समाचारको खण्डन ग¥यो, खण्डन पनि अलि पत्याउने खालको गर्नु नि ! ओली सरकार सरासरी पत्रिकाको आफिससम्म गर ‘हाम्रो गाउँहरु सोरसार पारेर चाइनाले लग्यो, यो समाचार छापी देऊ’ भनेर दिए जसरी पो खण्डन गरे छ । त्यो पत्रिकाले लेखेकै दिन संसदमा प्रस्ताव दर्ता गर्ने ती तीन जना सांसदको अनुहार चै कस्तो भो होला, त्यो चैं समाचार लेखेको छैन ।

चाइने मात्र विरोध गरे त पत्याउँछ नि भिरघरे । तर, नपत्याउने जति सप्पै लेख्छ र पो त ! फेरि लेख्नु पनि ठ्याक्कै समय मिलार लेख्छ। कसरी भारत खुशी हुन्छ, कसरी प्रधानमन्त्री ओलीलाई र ओली सरकारलाई बदनाम गर्न सकिन्छ ? भनेर साइत हेरेर ठोक्छ क्या हाम्रो मोई तिघ्रे पत्रकारहर्ले ।

हो नि काका ! पहिला पनि असत्य समाचार लेखेर धुनधान ग¥यो । एउटा केजाती भट्टराई भन्ने नेपालीको खरबौ सम्पत्ति, सात ओटा जेट प्लेन अहिले युरोपमा उडीरहेका छन् भनेर ब्यानर न्यूज बनायो । अर्को पूर्वको धरान कि कतातिर एउटी केटीले ९० लाख रुपिया भेटेर फिर्ता दिएको लेख्यो । अहिले आएर ‘नेपालका गाउँजति सोरपटार पारेर चाइनले लग्यो भनेर लेख्यो । हुदाँ हुदै हाम्रो यो गाउँ पनि चाइनातिर पो हाल्दिए छ । होइन झुठो पनि कति लेख्न सकेका हुनन् ।

यस्तालाई कार्वाही हुदैन ?

हुन्छ नि काका ! ढिलो चाँडो मात्र हो । समय आए पछि यस्ता अफवाह फैलाउनेलाई कोर्रा हान्ने दिन आउँछ । अरुले कोर्रा नहाने पनि हामीले पत्रपत्रिका पढ्न र हेर्न नै छोडेपछि तिनार्को त्यसै मृत्यू भै हाल्छ नि ।

त्यो दिन छिटो आई दिए हुन्थ्यो । कति पर्खिनु ! समाचारमा लेखेको होला तानि भनेर आफैंले देखे जस्तो गरेर तेरो काकी झुम्रीलाई घटना सुनायो उत ओठ लेप्र्याउँदै ‘पत्रिकामा लेखेको पनि पत्याउने, यस्तासंग कसरी जीवन निर्वाह गर्ने होला’ भनेर पो बरबराउँछे !

अब आफूले बुझेर मात्र बोल्नु पर्छ । ‘एक नम्बर पत्रिका’ पढ्नु भन्दा अघिनै आज भारतको समर्थन र चाइनाको विरुद्धमा कस्तो समाचार लेख्यो, ओलीको विरोधमा आर्टिकल लेख्न कसलाई लगायो, एफएममा यो सरकारको विरुद्धमा कुन विषयलाई विशेष बनाएर खोक्तै छ भनेर निर्कियोल गर्नु पर्छ क्या काका ! अर्को ‘नयाँ’ चाहिँ अलि फरक छ । कान्तिपुर अलि बढी दक्षिणबाट दक्षिणा आउँछ, लेख्ने क्षेत्र पनि धेरै छ । नयाँलाई नेकपाकै नेताहर्ले लगानी गरेर वर्तमान सरकार त्यसमा पनि प्रधानमन्त्री ओलीको विरुद्धमा कथा, कहानी, झुठ फरेव आदि इत्यादि लेखेर खेदो खन्दा प्रचुर आम्दानी छ ।

होइन हौ भिरघरे ! यिनारु त ‘यती समूह’ भन्नेसँग शेयर माग्न पो पुगेको थियो अरे त !

पैसा हुनेहरु पत्ता लागेपछि यिनारु त जहाँ पनि पुग्छ नि ! लाज सरम घिन यिनार्लाई केही लाग्दैन । लौ काका आजलाई यस्तै गफ भयो ।

यति साह्रो त नभन न भिरघरे ।

जै नेपाल

Facebook Comments