परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

पर्दा उघार्न आओ

कविता (कव्वाली)

पर्दा उघार्न आओ हेर्ने भए तमासा
नेपथ्यमा हुँदैछन् खेलाहरू अनौठा।
यो मञ्चमा त के छ ढाँचा बनावटी छ
देखावटी छ खालि जाली कमाल यौटा।
*
हाँसी मुसुक्क मीठो खल्ती लिँदै कटारी
बारी उजाड पारे मुन्टा मुना बटारी।
बास्साहरू सवैले आफ्नै गुलाम पोषे
रित्तो हुँदैछ भन्छन् यो देशको भकारी।
*
हर्दम् सुतिरहन्छौ छैनौ भने चनाखा
काला कुटील चाला चल्छन् ठुलाबडा ता।
तिम्रै नसीव खुर्की खाने पनि यतै छन्
चालै नपाई झिक्छन् आँन्द्राभुँडी कलेजा।
*
छोरी,बधू र साला, साली सधैँ पियारा
ईर्ष्या गरेर के भो सम्धी भए सहारा।
निर्धा निरीह लुम्रा जाऊ विदेश भन्दै
तिम्रा निमित्त लाए अग्ला ठूला तगारा।

 

अन्य आकर्षणहरू

नशालु ती आँखा

बल्झिएर रोएँ !

साम्यवादको नक्कली रटान

पश्चाताप

जीवन

Facebook Comments