परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

धुन्धुकारी

कविता

नभै पेट पूजा यी बोल्नै नसक्ने
हुँदा पेट पूजा यी चल्नै नसक्ने।
कुनै शोक, सन्ताप, संवेदनाले
भएछन् कि ढुङ्गा, यी गल्नै नसक्ने !
 
उँधो फिर्नु पर्दा यी भुक्ता रहेछन्
उँभो फिर्नु पर्दा यी झुक्ता रहेछन्।
ठूला भेल–बाढी, घमासान आँधी
हुरी–हुन्डरीमा यी लुक्ता रहेछन्। 

 

सँगैमा धुपौरे, सँगैमा छ झोले
मिलेको छ मार्सी, भुलेको छ खोले।
अन्य आकर्षणहरू

पर्दा उघार्न आओ

नशालु ती आँखा

बल्झिएर रोएँ !

साम्यवादको नक्कली रटान

पश्चाताप

उधारेर छानो छ खम्बा उखेल्नु
खरानी कहाँ मिल्छ छाप्रो नपोले ! 

 

बने बंगला, अग्लिए आलिशान
उनै सर्वहारा गुरूका महान
“जिते युध्द संसार, हारे छ नेल”
भनेको सुनी हाँस्छ होला चिहान। 

 

बिरोल्ने, बिथोल्ने, गिजोल्ने छ बानी
यिनैले बनाए, चलाए सुनामी।
स्वयम् राजनेता भए धुन्धुकारी
ठूला भन्नु मात्रै, रहेछन् हरामी।
Facebook Comments