परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

पीडित पण्डित

चट्याङ–प्रहार

भुटेको मकैको स्वादको ब्याख्या
दाँत भएकाले भन्दा दाँत नभएकाले राम्रोसँग गर्छ
सरकारले के कस्तो गर्नुपर्छ ?
त्यो त सरकारमा भएकालाई भन्दा नभएका र नुहनेलाई सोध्नु पर्छ !

कुन तेलले कपाल बाक्लो बनाउँछ ?
प्रश्न भुइँमा झर्न नपाउँदै पहिलो उत्तर तालुखुइलेबाट नै आउँछ
पैसा कसरी कमाउन सकिन्छ ? सोध्नु होस त,
सप्पै भन्दा धेरै उपाय सबैभन्दा गरिबले खरर सुनाउँछ ।

कुन ओखतीले खोकी ठ्याम्मै बिसेक हुन्छ ?
सबैभन्दा पहिले उत्तर दिने र खोक्ने उही हुन्छ
के गर्यो भने देशको विकास हुन्छ ?
जसले देशको विनाश गरेको छ, पहिलो उत्तर दिने उही हुन्छ,

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

मोटाउन के गर्नुपर्छ ?
त्यसको उत्तर फुके ढल्ने मरन्च्याँसेलाई थाहा हुन्छ ।
दुब्लाउन के गर्नु पर्छ ?
उत्तर दिन अघि सर्ने पहिलो मोटे नै हुन्छ ?

गणतन्त्रको आन्दोलनमा जसले स्वजन गुमायो
गणतन्त्रको ठूलो प्रचारक उही हुन्छ
पुराना जुनजुन आन्दोलनमा जोजो कैदी भए या दुःख पाए
नयाँ आन्दोलनको कुरा गर्ने त्यही हुन्छ
जो जे कारणले पीडित छ, त्यही कारणको प्रचारक त्यही हुन्छ !

Facebook Comments