परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७७ बैशाख ३ गतेसम्म लक डाउन

मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, चैत्र २४ । सरकारले लक डाउनको अवधि बढाएर आउँदो बैशाख ३ गतेसम्म पुर्याएको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले यो निर्णय गरेको हो ।

पछिल्लो समय कोभिड १९ का थप तीन जना सङ्क्रमित भेटिएपछि सरकारले सतर्कताका लागि लक डाउनको अवधि थप गरेको हो ।

यसअघिको मन्त्रिपरिषद्को बैठकले लकडाउनमा थप कडाइ गर्दै एक पालिका, एक जिल्ला र एक प्रदेशबाट अर्कोमा जान प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

आजैको बैठकले संसद्को हिउँदे अधिवेशन टुङ्ग्याउन राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको छ ।

Facebook Comments