परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

ए.के. भास्कर आनन्दका चार टुक्रा 

कविता

१.

सारा प्रेरणाका स्रोतहरू आफ्नो अनुपस्थितिमा टुहुरा छन्

मसीका मुहानहरू कुलो-कुलोमा नबगेर एकै चोटी पोखिन्छन्

मलाई त कविताले मान्छे-मान्छेका मुटुको बिचार लेख्नु थियो

मलाई त कवितामा मान्छे-मान्छेले गाउने गीत लेख्नु थियो !

 

२.

बिस्तारै हिँड् जिन्दगी, अझै गन्तव्य बाँकी छ

उकालो नि बाँकी छ, ओरालो नि बाँकी नै छ

बेगले तँसँग हिँडेर केही छुटे, केही साथ हराए

केही साथ लिनै छ, केही त भेट्नै बाँकी छ !

 

 

 

३.

केही सपना अझै अधुरा छन्

केही काम अझै अपुरा छन्

जीवन यो गाउँ खाने कथा हो—

अझै उत्तरहरू खोज्न बाँकी नै छन् !

 

 

४.

कहिलेकाहीँ भावुकतावश पनि छचल्किने

कहिलेकाहीँ विरह र ब्यथामा पनि रसाउने

एकान्तको साथीसरि, आँसु थियो आँखाभरि 

थाहा नपाई त्यही आँसु पनि सुकिसकेछ 

आँखाभित्र आँसुको पोखरी स्यापसुप्प छ

अब त आगो पो सल्किन तम्तयार छ !!

Facebook Comments