परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कोरोना भाइरसबाट बच्ने उपाय

स्वास्थ्य सचेतना

काठमाडौँ । अहिले नोवल कोरोना नामको नयाँ भाइरसको सड्क्रमण चीनबाट विश्वका विभिन्न देशमा फैलिरहेको छ । चीन सरकारले यो भाइरस सङ्क्रमणका कारण विभिन्न सहरको यात्रामा प्रतिबन्ध समेत लगाएको छ । हाम्रो नेपालमा पनि यो भाइरसको सङ्क्रमण देखिएको छ ।

यो केही वर्षअघि देखिएको सार्स भाइरस सङ्क्रमण जस्तै भएको र सावधानी अपनाउनु पर्ने र आत्तिनु भने नपर्ने विज्ञहरूले सल्लाह दिएका छन् । कोरोना भाइरसको सङ्क्रमणमा उच्च ज्वरो आउने गर्दछ । रूघा, खोकी लाग्ने र स्वास प्रस्वासमा अत्यधिक समस्या हुने यसका लक्षण हुन् । नियमित रूपमा साबुन पानीले हात धुने, खोक्दा, हाच्छ्यूँ  गर्हादा नाक र मुख छोप्ने, राम्ररी पकाएर मात्रै मासु, अण्डा खाने, पशुपक्षीको सम्पर्कमा नजाने जस्ता सुझाव विज्ञहरूले दिएका छन् ।

नेपाल सरकारले पनि सूचनामूलक सामग्री प्रकाशन गरी कोरोना भाइरसबारे सचेत गराएको छ । सरकारले सार्वजनिक गरेको तलको सामग्री पनि अध्ययन गर्नुहोस् ।

 

Facebook Comments