परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

हाम्रो प्रजातन्त्र यो

कविता (छन्द : शार्दूलविक्रिडित)

सानादेखि बडा डुबे कचरमा माखा समानै गरी

भ्रष्टाचार ठुला लुकाउन गए सम्भ्रान्त भै बेसरी

मान्छे द्रव्यपिचासमा बदलिए बाटो लिए द्रोहको

लागे झैँ सरले प्रताडित भयो हाम्रो प्रजातत्र यो॥१

 

प्यारो देश गरीब भो अति चुसे दामी सबै वैभव

पारे ध्वस्त दलाल भ्रष्टहरुले सामर्थ्य औ सौरभ

पैसा औ पद नै सबैकन भयो जालो कडा मोहको

लागे झैँ सरले प्रताडित भयो हाम्रो प्रजातन्त्र यो॥२

 

गर्दै केबल ढाकछोप घुसको काटिन्न खाँटी जरो

हान्नैपर्दछ वृक्ष ढाल्न विषको आरो तथा बन्चरो

छैनन् दक्ष कुनै महोदय यहाँ ज्ञाता सबै थोकको

लागे झैँ सरले प्रताडित भयो हाम्रो प्रजातन्त्र यो॥३

 

अन्य आकर्षणहरू

बुढा बुढी त देवता

फागु संस्कृति र पर्व

को लाउँछन् पार यो?

गुम्दै गए चेतना

माली हुन् खुद जेष्ठ नागरिक नै 

तारो हान्न विधानमाथि कसिँदै गर्दा अनेकौँ छल

लाग्यो घाम भनेर लोक दगुरे छायो घना बादल

बोका झैँ सब बेचिए जन यहाँ पासो परे भोगको

लागे झैँ सरले प्रताडित भयो हाम्रो प्रजातन्त्र यो॥४

 

ढाकेको छ सबै थलो कचरले जालो बनी बेसरी

च्यापी भ्रष्ट कनै मुहार गतिला पाखा लगाईवरी

मर्दा हेर निसाफ स्वर्गसरिको पाटो भयो ओसको

लागे झैँ सरले प्रताडित भयो हाम्रो प्रजातन्त्र यो॥५

 

राखी प्वाल बने सबै नियम रे खाने ठुलो दाउमा

नेता शोषक पृष्टपोषक बने के हुन्छ त्यो ठाउँमा

पारो माथि चढीरहेछ घुस नै  यो देशको रोग भो

लागे झैँ सरले प्रताडित भयो हाम्रो प्रजातन्त्र यो॥६

Facebook Comments