परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

माली हुन् खुद जेष्ठ नागरिक नै 

कविता (छन्द: शार्दूलविक्रीडित)

श्रद्धा भाव गरी जुटेर बहुतै सत्कर्ममा नै सब

फैलाए सहसा समस्त जन औ नेपालकै सौरभ

बन्नैपर्छ युवा-समाज अहिले साक्षी सबै केसका

हाम्रा अग्रज जेष्ठ नागरिक नै आदर्श हुन् देशका॥१

 

माटो चन्दन हो भनेर यिनले टीका लगाए कति

फोरी भीर र खोरिया धरणमा बाली जगाए कति

पाटो सिंञ्चित गर्न खून पसिना खोला बगाए कति

तिर्दैछन् ऋण जेष्ठ नागरिककै यो देशका सन्तति॥२

 

जोगाई कन अस्मिता मुलुकको श्रद्धा जगाई अति

यो नेपाल स्वतन्त्र पार्न वयमा उर्जा लगाए कति?

गर्दै पौरख होमिए विजयमा सङ्घर्ष जारी गरी

हाम्रा अग्रज जेष्ठ नागरिकले टारे कयौँ भामरी॥३

 

अन्य आकर्षणहरू

बुढा बुढी त देवता

फागु संस्कृति र पर्व

को लाउँछन् पार यो?

गुम्दै गए चेतना

हाम्रो प्रजातन्त्र यो

उम्दा मानव रत्न हुन् धरणका सम्भारकर्ता अनि

टेवा हुन् घरको समाज सहसा नेपालको नै पनि

देखी उत्तम ज्ञानको र गुणको चोखो मुहानै सरी

माया आदर जेष्ठ नागरिकको गर्छन् सबै यो घरी॥४

 

नेपाली इतिहास हुन् सकलका सङ्घारमा पाइने

सच्चा हुन् पथका प्रदर्शक ठुला बाटो बताईदिने

पाका मानिस अग्रगामी गुणका भण्डार हुन् चाहिने

पुज्दामा खुद जेष्ठ नागरिक नै हुन्छन् खुदा दाहिने॥५

 

जस्ले देश बनाउने विषयमा आभार राखी बढी

ढाले दुस्मन युद्धका समयमा धाएर गौँडा गढी

फैलीरेछ अपार कीर्ति यिनको राम्रा सबै खालका

माली हुन् खुद जेष्ठ नागरिक नै समृद्ध नेपालका॥६

Facebook Comments