परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

को लाउँछन् पार यो?

कविता (छन्द: शार्दूलविक्रीडित)

कस्ले पाठ पढाउँछन् मनुजमा सच्चा सदाचारको?

धेरैमा धनको छ मोह अहिले खाँचो छ संस्कारको

आमा बाबु बुढा युवा र युवती ठान्छन् सदा भार जो

पीडामा जति जेष्ठनागरिक छन् को लाउँछन् पार यो?॥१

 

चोखो मानव धर्मको विषयको खै पाठ-शाला यहाँ?

खोज्छन् केवल अंश वंशसितको जेथा र छाला यहाँ

छोरामा पनि रामको श्रवणको  खै शुद्ध चाला यहाँ?

उल्टै मातृ र पितृका उपरमा हान्छन् कि भाला यहाँ?॥२

 

हाम्रो वेद पुराण भन्छ सहसा आवाज चर्को गरी

धर्तीमा जति जेष्ठ नागरिक छन् हुन् पुज्य द्यौतैसरि

जस्ले प्रेम दया गरेर यिनको गर्छन् पूजा आरती

हुन्छन् ईश्वर दाहिना विनयले मिल्नेछ उच्चा गति॥३

 

अन्य आकर्षणहरू

बुढा बुढी त देवता

फागु संस्कृति र पर्व

गुम्दै गए चेतना

हाम्रो प्रजातन्त्र यो

माली हुन् खुद जेष्ठ नागरिक नै 

लङ्कामा अघि जीत हासिल भयो मारे जहाँ रावण

गर्थे लक्ष्मण स्वर्णको नगरमा साम्राज्य गर्ने मन

आमाकै प्रिय काखमा प्रभु फिरे त्यागेर सिंहाशन

माताको अनि मातृभूमिसितको राखेर श्रद्धा झन॥४

 

मान्छे भैकन बुझ्नुपर्छ जनले कर्तव्य आफ्नो जति

ज्ञानै हो खुद मानवीकरणको उत्कृष्ट त्यो ओखती

सेवा हो खुद लोकधर्म सबले जान्ने र मान्ने अति

सेवामा जुट जेष्ठ-नागरिकको शंङ्का नमानी रती॥५

 

आँखा त्यो सरकारको यसविषे पर्नै छ गाह्रो झन

सेवा औ सुविधा बढाउन अझै यी वृद्ध वृद्धा कन

जो उत्सर्ग छ जेष्ठनागरिकको यो देश उत्थानमा

खै मूल्याङ्कन गर्छ लोक कहिले उत्रेर मैदानमा?॥६

Facebook Comments