परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

धरापमा नैतिकता

  (कविता)

मनुष्यमा मानवता छ मैलिदो

समाजमा दुच्छरता छ फैँलिदो

भयो खडेरी शुभ काम काजको

धरापमा नैतिकता छ आजको॥१

 

चलाउँदै नाउ छ मज्झले जहाँ

बसे तिनै प्वाल खनेर माझमा

अभाव भो उत्तम साजबाजको

धरापमा नैतिकता छ आजको॥२

 

विचारमा राग भयो मनुष्यको

समष्टिमा बाहिरको प्रभाव भो

घमण्डको नै सबतर्फ राज भो

धरापमा नैतिकता छ आजको॥३

 

बनीरहेको गुरु नै छ भ्रष्ट जो

कुकर्ममा लान्छ फसाउँदै अहो!

धनै छ टेवा सब कामकाजको

धरापमा नैतिकता छ आजको॥४

 

सिको विदेशीजनको छ खासमा

छ नेत्र गाढा धनकै छ राशमा

उम्लेर उन्माद अहो! धिराजको

धरापमा नैतिकता छ आजको॥५

 

मनुष्य हिंसातिर हुन्छ उन्मुख

अन्य आकर्षणहरू

बुढा बुढी त देवता

फागु संस्कृति र पर्व

को लाउँछन् पार यो?

गुम्दै गए चेतना

हाम्रो प्रजातन्त्र यो

लुटेर नै भौतिक शान औ सुख

विचार बानी छ दुरुस्त बाजको

धरापमा नैतिकता छ आजको॥६

 

हुँदैछ मान्छे गुटमा विखण्डित

हुँदा सयौँ नास्तिक झूर पण्डित

स्वधर्म छोडी पर-धर्म राज भो

धरापमा नैतिकता छ आजको॥७

 

कुकर्मले जो चुलियो कुवेर भो

सबै उसकै गुणगान  गर्छ हो

भएन यस्ता खलको इलाज जो

धरापमा नैतिकता छ आजको॥८

 

जहाँ छ सम्मान र मान भ्रष्टको

समाज उल्टोगतिमा छ प्रष्ट भो

रहेन पर्दा पनि  खास लाजको

धरापमा नैतिकता छ आजको॥९

 

बचेखुचेका उठ लौन जाग हे

अपार उर्जा अब भर्न लाग हे

मियो उठाऊ बलसाथ माझको

धरापमा नैतिकता छ आजको॥१०

छन्द: वंशस्थ

Facebook Comments