परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

देखियो शक्त खाँचो

कविता (छन्द: स्रग्धरा)

खाऊँ लाऊँ कमाऊँतिर मन बहकी भाँडियो देशसेवा
पारे सारा बिमाखै अरुकन नदिई पोसिला मिष्टमेवा
छातीमा हात राखी ह्रृदयबिच गमी बोल सोचेर साँचो
नेपाली भित्र त्यागी शिखर पुरुषको देखियो शक्त खाँचो॥१

कविता

रामशरण न्यौपाने

सक्दैनन् क्वै सिमानाहरु सवलबनी गर्न रक्षा र टेवा
खैँचिन्छन् स्रोत सारा छल कपटसितै पार्नचाहेर पेवा
सित्तैमा केशपाक्यो बहुजनहरुमा पाइयो बुद्धि काँचो
नेपाली भित्र त्यागी शिखरपुरुषको देखियो शक्तखाँचो॥२

खेताला भै कसैको अघिपछि दगुरी चाकरीमा रमाई
गाई झूटो प्रशंसा फगत दिन बिते मात्र खुट्टा समाई
यस्ताले के जगेर्ना गरिकन रहला वीरको दिव्यनासो
नेपाली भित्र त्यागी शिखर पुरुषको देखियो शक्त खाँचो॥३

अन्य आकर्षणहरू

बुढा बुढी त देवता

फागु संस्कृति र पर्व

को लाउँछन् पार यो?

गुम्दै गए चेतना

हाम्रो प्रजातन्त्र यो

सत्ता जहानियाँकै अझ पनि छ अरे गन्धआईरहेको
आफ्नालाई दिलाई पद अधिक ठुला देश खाई रहेको
पाखा लागे हराए सवल जन यहाँ मूढको चल्छ हाँसो
नेपाली भित्र त्यागी शिखर पुरुषको देखियो शक्तखाँचो॥४

पैसाको निम्ति मान्छेहरु मुलुकक नै दाउमा राख्न थाले
नेपाली अस्मिता नै फगत लसुनकै भाउमा राख्नथाले
चुच्चो जोडी विदेशी कन गुपचुपले हुन्छ रासो र बासो
नेपाली भित्र त्यागी शिखर पुरुषको देखियो शक्त खाँचो॥५

साराले भुल्न थाले अनुपम अघिको वीरता आज हेर
ओरालोतर्फ लाग्यो मुलुक दिनदिनै भासमा पेलिएर
पैसा रोजेर हाने अरिजन बटुली धर्म औ रीत भाँचो
नेपाली भित्र त्यागी शिखर पुरुषको देखियो शक्त खाँचो॥६

Facebook Comments