परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नामर्दको झुण्ड हो?

कविता (छन्द: शार्दूलविक्रीडित)

आमा नै यसरी बलात्कृत हुँदा छोपेर आँखा अझै
बोकी दुश्मन काँधमा अबुझ झैँ हाँसेर बस्ने सधैँ
साँचै मानव वानरैसित हुने त्यो पुच्छ हो रुण्ड हो
नेपाली जन के त राष्ट्रखल औ नामर्दको झुण्ड हो?॥१

 

जूवा खेल्दछ अस्मिता मुलुकको खोजेर कुर्सी ठुलो
बिक्री नै पनि गर्छ देश धनमा घुस्रेर पार्दै दुलो
सत्तामा पसने सबै अगतिला के चण्ड औ मुण्ड हो
नेपाली जन के त राष्ट्रखल औ नामर्दको झुण्ड हो?॥२

 

सेवा धर्म विशेष हो मनुजमा जान्दैन केही कति
रोजै गर्दछ राष्ट्र दोहन कठै! मान्छे रुवाई अति
भ्रष्टाचार गरेर खान्छ हसुरी त्यो पापको कुण्ड हो
नेपाली जन के त राष्ट्रखल औ नामर्दको झुण्ड हो?॥३

 

माटोको महिमा बुझेन जसले जानेन आफ्नो गति
अन्य आकर्षणहरू

बुढा बुढी त देवता

फागु संस्कृति र पर्व

को लाउँछन् पार यो?

गुम्दै गए चेतना

हाम्रो प्रजातन्त्र यो

वैलायो अति राष्ट्र-गौरव अझै आएन उच्चा मति
जस्ले गर्दछ राष्ट्रघात उसको त्यो चाल दारुण्य हो
नेपाली जन के त राष्ट्रखल औ नामर्दको झुण्ड हो?॥४

 

लाछीको पछुवा बनेर यसरी फालेर हा! जीवन
बेचेरै पनि स्वाभिमान यसरी पारेर कालो मन
आलो नै गुहु राष्ट्रघाती हरुको लाइन्छ के पुण्ड हो
नेपाली जन के त राष्ट्रखल औ नामर्दको झुण्ड हो?॥५

 

वैरीको वशमा परेर यसरी लोभी र पापी हुँदा
गिर्ने भो अब राष्ट्र शान पनि यो दासत्वले नै छुँदा
गाह्रो भो अब विश्व सामु पनि हा! देखाउनै तुण्ड यो
नेपाली जन के त राष्ट्रखल औ नामर्दको झुण्ड हो?॥६
Facebook Comments