परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अगुवा फेरिन्छ सम्राटमा

 कविता (छन्द: शार्दूलविक्रीडित)

यस्तो रीत हुँदैछ देश चुसिने सम्भ्रान्तले पाउने
भ्रष्टाचार कतै कुनै नि नहुने भण्डार सिध्याउने
बाठाले सब स्रोत दोहन सधैँ गर्ने र हत्याउने
नेपालीजन काम माम नमिली मुग्लानमा धाउने॥१

 

लाखौँ छन् घरबार हीन जनता ठोकेर छाती रुने
जाँदामा श्रम खेर खान नपुगी भोका र नाङ्गा हुने
कस्ले यो दुःखबाट पार गरने यो बिघ्न बाधा फुने
धेरै वर्ष बिते यहाँ गरिबको चित्कार कस्ले सुने?॥२

 

केही भ्रष्ट दलालले रस सबै खाने, लिने, पाउने
यो नेपाल वसन्त-वाग बिधवा पारेर रित्याउने
सामन्ती हरुको बनेर भतुवा गाथा कति गाउने?
नेपालीजन दास बन्न किन पो मुग्लानमा धाउने॥३

 

अन्य आकर्षणहरू

बुढा बुढी त देवता

फागु संस्कृति र पर्व

को लाउँछन् पार यो?

गुम्दै गए चेतना

हाम्रो प्रजातन्त्र यो

सेवा औ सुविधा लिने सब भए आसे र पासेहरू
नेपाली जनता रुँदै सब बसे लागेर पाखा अरु
आयो जो गणतन्त्र हुर्मत लिए छोएन संस्कारले
छायाँमा छ समस्त देश जनता मिच्दैछ संहारले॥४

 

मान्छे देव कहिन्छ देश जनको उत्थानमा नै बढे
धेरै वीर विभूति यो धरणमा यो शृङ्खलामा चढे
आँखा खोल्न सके कहाँ र कसले आदर्शलाई पढे?
यो बेला जति राष्ट्र हाँक्न दरिए बेकारमा नै सडे॥५

 

पुस्तौँसम्म लडेर आज जनले उन्मुक्ति पाए कहाँ
जन्मे खास नयाँ धनाढ्यहरु नै वैषम्यले लोकमा
ज्यादा खाडल भो धनी गरिबमा मान्छेहरुमा यहाँ
सेवा गर्छु भनेर बन्छ अगुवा फेरिन्छ सम्राटमा॥६
Facebook Comments